यस HIMALI GYANKUNJA ब्लगमा यहाँहरुलाई हार्दिक स्वागत छ ।

Wednesday 26 July 2023

प्रसिस झापाद्वारा आयोजित MToT तालिम समापन

 प्रशिस झापाद्वारा आयोजित ८० घण्टे MToT तालिम २०८० जेष्ठ ५ गतेबाट प्रारम्भ भई श्रावण ७ गते सम्पन्न भएको छ । कमल गाउँपालिकाको कमला मदन आश्रित मा.वि. तोपगाछिमा आयोजित समापन समारोह कार्यक्रम प्रसिस झापाका अध्यक्ष श्री टीकाप्रसाद सुवेदीको अध्यक्षतामा प्रमूख अतिथि कमल गापा का अध्यक्ष हुकुम सिह राइले गर्नुभएको थियो । प्रसिस नेपालका केन्द्रिय अध्यक्ष श्री भूपति बस्यालको विशिष्ट आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा प्रसिस नेपालका केन्द्रिय प्राविधिक समितिका संयोजक श्री घनश्याम अधिकारी , प्रदेश अध्यक्ष बालकुमार रेग्मी लगायतले गर्नु भएको थियो । कार्यक्रममा अतिथिहरुको मन्तब्यसँगै सहभागी र सहजकर्ताहरुको तर्फबाट प्रसिस झापाका सदस्य श्री प्रेमबहादुर कटुवाल, सदस्य श्री कर्मा शेर्पा लगाएतद्वारा विषयगत शैक्षिक सामाग्रीहरु प्रस्तुत गरिएको थियो । सहभागी तथा सहजकर्तालाई प्रमाणपत्र र अतिथिहरुलाई मायाको चिनो समेत वितरण गरि गरिएको उक्त कार्यक्रमको सञ्चालन प्रसिस झापाका सचिव तिलक गजमेरले गर्नुभएको थियो । 

No comments:

Post a Comment