यस HIMALI GYANKUNJA ब्लगमा यहाँहरुलाई हार्दिक स्वागत छ ।

Sunday 11 June 2023

MToT अनलाइन तालिमको १५ औं दिन

 

२०८० जेष्ठ २८ गते आइतवार, 

प्रसिस झापाद्वारा आयोजित MToT तालिम अन्तर्गत अनलाइन तालिमको आज १५औं दिन पावरपोइन्टबाट शैक्षिक सामाग्री निर्माण तथा प्रस्तुतीकरण सम्बन्धि कार्यक्रमबाट अगाडी बढाइएको  थियो । कार्यक्रमको प्रमूख आतिथ्यता विर्तामोड नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमूख श्री तिलचन भण्डारी र विशेष अतिथि NELTA  का केन्द्रिय सदस्य तथा झापा अध्यक्ष श्री धर्मेन्द्र भट्टराईले गर्नु भएको थियो भने प्रसिस झापाका अध्यक्ष टीका सुवेदीको अध्यक्षतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा लोकनाथ ढकाल, प्रकाश दाहाल, बन्दना भट्टराई, महेन्द्र राई,  झनक कोइराला, सम्झना नेपाल, चुणामणी पौडेल, विजेन्द्र कुमार कर्ण, गीता कुमारी गुरुङ्ग, हरी तिम्सिना, गोपाल मिश्र, खगेन्द्र खतिवडा, सोमा दुलाल, पुष्पा दाहाल, महेन्द्र तिम्सिना, सुजन तामाङ्ग, कोपिला गौतम लगायतले शैक्षिक सामाग्रीहरु प्रदर्शन गर्नुभएको थियो ।  कार्यक्रमको सञ्चालन प्रसिस झापाका सचिव तिलक गजमेर र अन्त्यमा प्रसिस सदस्य प्रेम बहादुर कटुवालले गर्नुभएको थियो । 


No comments:

Post a Comment