यस HIMALI GYANKUNJA ब्लगमा यहाँहरुलाई हार्दिक स्वागत छ ।

Wednesday 7 June 2023

MToT अनलाइन तालिमको १४औं दिन

  

२०८० जेष्ठ २४ गते बुधवार, 

प्रसिस झापाद्वारा आयोजित MToT तालिम अन्तर्गत अनलाइन तालिमको आज १४औं दिन पावरपोइन्टबाट शैक्षिक सामाग्री निर्माण सम्बन्धि  कार्यशालालाई प्रसिस नेपाल प्राविधिक समितिका सदस्य श्री खेमराज पौडेलले विशेष अतिथिको रुपमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको प्रमूख आतिथ्यता कन्काइ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमूख श्री पिताम्बर गौतम र विशेष आतिथ्यता भुपति बस्याल गर्नु भएको थियो भने प्रसिस झापाका अध्यक्ष टीका सुवेदीको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा प्रसिस सदस्य रुपनारायण बस्नेतले स्वागत मन्तब्य राख्नु भएको थियो । त्यसैगरी सहभागीहरु झनक कोइरालाले सहभागीहरुको तर्फबाट प्रतिक्रिया राख्नुभएको थियो ।  कार्यक्रमको उद्घोषण तथा सञ्चालन प्रसिस झापाका सचिव तिलक गजमेर र अन्त्यमा प्रसिस सदस्य प्रेम बहादुर कटुवालले गर्नुभएको थियो । 

1 comment: