यस HIMALI GYANKUNJA ब्लगमा यहाँहरुलाई हार्दिक स्वागत छ ।

Monday, 5 June 2023

MToT अनलाइन तालिमको १२औं दिन

 

२०८० जेष्ठ २२ गते सोमवार, 

प्रसिस झापाद्वारा आयोजित MToT तालिम अन्तर्गत अनलाइन तालिमको आज १२औं दिन पावरपोइन्टबाट शैक्षिक सामाग्री निर्माण सम्बन्धि कार्यशालालाई प्रसिस नेपाल प्राविधिक समितिका सदस्य श्री खेमराज पौडेलले सहजीकरण गर्नुभएको थियो । उक्त कार्यक्रमा प्रमूख अतिथिको रुपमा भद्रपुर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमूख श्री राजकुमार ओडारी हुनु हुन्थ्यो भने प्रसिस झापाका अध्यक्ष टीका सुवेदीको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा प्रसिस सदस्य कर्मा शेर्पाको स्वागत मन्तब्य र प्रसिस सदस्य प्रेम बहादुर कटुवालको अघिल्लो कार्यक्रमको स्लाइड प्रस्तुत गरिएको थियो । सहभागीहरु कोपिला गौतम, गीता गुरुङ्ग, होम रिजाल र सम्झना नेपालले सहभागीहरुको तर्फबाट प्रतिक्रिया राख्नुभएको थियो ।  कार्यक्रमको उद्घोषण तथा सञ्चालन प्रसिस झापाका सचिव तिलक गजमेरले गर्नुभएको थियो । 

No comments:

Post a Comment