I hope that HIMALI GYANKUNJA can help anyone who are interested in this learning portal premkatuwal.blogspot.com.
Tuesday, 6 June 2023
MToT अनलाइन तालिमको १३औं दिन
२०८० जेष्ठ २३ गते मङ्रगलवार,
प्रसिस झापाद्वारा आयोजित MToT तालिमअन्तर्गत अनलाइन तालिमको आज १३औं दिन पावरपोइन्टबाट शैक्षिक सामाग्री निर्माण सम्बन्धि कार्यशालालाई प्रसिस नेपाल प्राविधिक समितिका सदस्य श्री खेमराज पौडेलले विशेष अतिथिको रुपमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको प्रमूख आतिथ्यता प्रसिस नेपालका अध्यक्ष श्री भुपति बस्याल र विशेष आतिथ्यता घनश्याम अधिकारीले गर्नु भएको थियो भने प्रसिस झापाका अध्यक्ष टीका सुवेदीको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा प्रसिस सदस्य बन्दना भट्टराईले स्वागत मन्तब्य राख्नु भएको थियो । त्यसैगरी सहभागीहरु झनक कोइराला र खगेन्द्र खतिवडा सहभागीहरुको तर्फबाट प्रतिक्रिया राख्नुभएको थियो । कार्यक्रमको उद्घोषण तथा सञ्चालन प्रसिस झापाका सचिव तिलक गजमेरले गर्नुभएको थियो ।
No comments:
Post a Comment